गोरखा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा ९ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा ७ जना राजनितिक दलका र २ जना स्वतन्त्रबाट गरि ९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन । निर्वाचन कार्यलयका अनुसार अध्यक्षमा नेपाली कांग्रेसबाट होम बहादुर राना मगर, नेकपा (माओवादी केन्द्र)बाट दिपक तिम्लसेना (साकार), नेकपा (एमाले)बाट विष्णु पन्त, जनता समाजवादी पार्टीबाट सन माया आले, नेकपा (एकिकृत समाजवादी)बाट विशाल कुमार रेग्मी(क्षितिज), राप्रपाबाट अम्बिका रुपाखेती, मंगोल नेशनल अर्गनाइजेशन गंगा बहादुर राना, स्वतन्त्रबाट विशेष पन्त र हस्त राज भण्डारीले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसबाट ललिता अधिकारी, नेकपा (माओवादी केन्द्र)बाट पार्वती गुरुङ, नेकपा (एमाले)बाट रेनुका नहर्की, जनता समाजवादी पार्टीबाट भीम नारायण श्रेष्ठ र राप्रपाबाट बावुराम रेग्मी रहेका छन ।

गण्डकी गाउँपालिकामा वडाध्यक्षमा ३८ जना, महिला सदस्य ३० जना, दलित महिला सदस्य २७ जना र खुल्ला सदस्य ६० जना गरि कुल १६९ जनाको उम्मेदवारी परेको छ ।

कुन वडामा कति उम्मेदवारी

वडा नं १
वडाध्यक्ष ५ जना, महिला सदस्य ४ जना, दलित महिला सदस्य ४ जना, खुल्ला सदस्य ८ जना

वडा नं २
वडाध्यक्ष ४ जना, महिला सदस्य ४ जना, दलित महिला सदस्य ४ जना, खुल्ला सदस्य ८ जना

वडा नं ३
वडाध्यक्ष ६ जना, महिला सदस्य ४ जना , दलित महिला सदस्य ३ जना, खुल्ला सदस्य ९ जना

वडा नं ४
वडाध्यक्ष ६ जना, महिला सदस्य ३ जना, दलित महिला सदस्य ३ जना, खुल्ला सदस्य ७ जना

वडा नं ५
वडाध्यक्ष ४ जना, महिला सदस्य ४ जना, दलित महिला सदस्य ३ जना, खुल्ला सदस्य ७ जना

वडा नं ६
वडाध्यक्ष ३ जना, महिला सदस्य ३ जना, दलित महिला सदस्य २ जना, खुल्ला सदस्य ६ जना

वडा नं ७
वडाध्यक्ष ५ जना, महिला सदस्य ४ जना, दलित महिला सदस्य ४ जना, खुल्ला सदस्य ८ जना

वडा नं ८
वडाध्यक्ष ५ जना, महिला सदस्य ४ जना, दलित महिला सदस्य ४ जना, खुल्ला सदस्य ७ जना

प्रतिक्रिया दिनुहोस !