
काठमाण्डाै । सुनको मुल्य आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मुल्य तोलामा ९९ हजार तीन सय रुपैयाँ तोकिएको छ ।
यो मुल्य हिजोको भन्दा नौ सय रुपैयाँले सस्तो हो।
हिजो सुनको मुल्य तोलामा एक लाख दुई सय रुपैयाँ थियो । आज चाँदीको मुल्य भने स्थिर छ ।
चाँदी हिजोको जस्तै तोलामा एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।