काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रलाई प्रलापपत्रको संज्ञा दिएका छन्।

२३ औं मनमोहन अधिकारी स्मृति दिवसका अवसरमा मंगलबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कार्यकर्ताले त्यो पढ्नुपर्ने ओलीको भनाई थियो।

एमालेका राम्रा कुरा थपक्क निकालेर पनि राखिएको उनले बताए। ‘संविधानका राम्रा कुराहरु थपक्क निकालेको छ। चोर विद्यार्थीले निकालेको झैं एमालेको घोषणापत्रको पनि केही चोरिएका छन्। एमालेमाथि तथानाम गाली मात्र गरिएको छ’, उनले भने।

कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नभई जम्माजम्मी धारे हात लगाएको प्रलाप मात्र भएको उनको टिप्पणी थियो।

प्रतिक्रिया दिनुहोस !