गोरखा । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेबाट  विष्णु पन्तले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । हिजो गाउँपालिका कार्यलय भुम्लिचोकमा रहेको निर्वाचन कार्यलयमा पन्तले उम्मेदवारी दर्ता गराएका हुन । त्यस्तै उपाध्यक्षमा रेनुका नहर्कीले उम्मेदवारी दिएकी छिन । एमालेले पालिकाको आठ वटै वडामा उम्मेदवारी दिएको छ । १ नम्बर वाडमा प्रेम कुमार श्रेष्ठ, २ मा गुन्जमान श्रेष्ठ, ३मा धनबहादुर बराम, ४मा राजुवावु भन्डारी,  ५मा श्याम बहादुर थापा ,६ मा तिलक बिक, ७मा कृष्णप्रसाद रेग्मी र ८मा भुपिन्द्र रेग्मीले वडाध्यक्षका लागि उम्मेदवारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस !