गोरखा । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा ( एकीकृत समाजवादी )बाट युवा नेता विशाल रेग्मी ( क्षितिज ) ले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि आज गाउँपालिका कार्यलय भुम्लिचोकमा रहेको निर्वाचन कार्यलयमा रेग्मीले मनोनयन दर्ता गराएका हुन ।

मनोनयन दर्ता गर्दै उनले गाउँपालिकाको विकास र समृद्धिको लागि युवाको नेतृत्व आवश्यक रहेकोले आफुले उम्मेदवारी दिएको बताए । अन्य पार्टीको युवा कार्यक्रर्ताले पनि आफुलाई नै मत दिने रेग्मीले दाबी गरे ।

आफुले जितेमा गण्डकी गाउँपालिकाको सम्पुर्ण क्षेत्रमा परिवर्तन ल्याउने उनले बताए ।

गोरखामा पाँच दलिय गठबन्धनले सार्थकता नपाएपछि पार्टीहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छ्न ।

प्रतिक्रिया दिनुहोस !