ताप्लेजुङ । नेकपा (एमाले) ले विजयी यात्रा सुरु गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध भएसँगै विजय हासिल गरेको छ । उम्मेदवार मनोनयनको चटारोमा दलहरु रहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पा निर्विरोध वडाध्यक्ष बनेका हुन् ।

उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् । छेतेन ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष बनेका हुन् ।

त्यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्विरोध भएका छन् । गाउँले तय गरेको उम्मेदवारबाहेक गाउँमा अन्य उम्मेदवार नहुने भएपछि छेतेन निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !