चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाको उप–मेयर पदमा स्वतन्त्रबाट बिरञ्जना घिमिरले आफ्नो उम्मेदवारी दर्ता गरेकी छिन् । नेकपा एमाले निकट अनेम संघ रत्ननगरको अध्यक्ष समेत रहेकी घिमिरेले पार्टीले उचित स्थान नदिएको भन्दै उप–मेयर पदमा आफ्नो बागी उमेदवारी दर्ता गरेकी हुन् ।

रत्ननगर–१३ बाट वडा अध्यक्षमा चर्चामा रहेकी घिमिरेलाई अन्तिम अवस्थामा पार्टीले नाम काटेपछि उनि रुष्ट भएकी हुन् । पछिल्लो समय पार्टीमा सक्रिय रुपमा लागेकी घिमिरेले आफुलाई पार्टीले उचित स्थान नदिएकाले उप–मेयर पदमा स्वतन्त्र रुपमा उमेदवारी दिएको बताइन् ।

घिमिरे हाल रत्ननगर उद्योग वाणिज्य संघमा कार्य समिति सदस्य, अनेम संघ रत्ननगरको अध्यक्ष, शक्तिशाली आमा समूह रत्ननगर–१३ को अध्यक्ष समेत रहेकी छिन् ।

यस्तो छ बिरञ्जना घिमिरे आबद्ध संस्थाहरुः
१. २०६० सालमा महिला जेशिजको अध्यक्ष
२. २०५९ सालमा कालिका एमएममा बजार प्रमुखको रुपमा कार्यरत
३. फर्निचर एण्ड फर्निसिङ्ग ब्यवसायी महासंघको केन्द्रिय सदस्य
४. शक्तिशाली आमा समूह रत्ननगरको अध्यक्ष
५. शिवालय टोल बिकास संस्थाको अध्यक्ष
६. रत्ननगर उद्योग वाणिज्य संघको कार्य समिति सदस्य
७. पञ्चकन्या माध्यामिक बिद्यालयको ब्यवस्थापन समिति सदस्य
८. बिजि इटालिएन फर्निचरको सञ्चालक
८. अनेम संघ रत्ननगरको अध्यक्ष
९. नेकपा एमाले जिल्ला लेखा समिति सदस्य

प्रतिक्रिया दिनुहोस !