चितवन । भरतपुर महानगरपालिकामा कांग्रेसका असन्तुष्ट पक्षका उमेदवार जगन्नाथ पौडेलले मेयर पदमा उमेदवारी दर्ता गराएका छन् । कांग्रेसका कार्यकर्तासहित उनी मनोनयनस्थलमा पुगेर महानगरको मेयरमा उमेदवार दर्ता गराएका हुन् । भरतपुर महानगरपालिका–७ कृष्णपुरका पौडेल नेपाली कांग्रेसबाट राष्ट्रिय सभाका पूर्वसांसद हुन् । उनले आइतबार पार्टी कार्यालयमा औपचारिकरुपमा उम्मेदवारको घोषणा गरेका थिए । गठबन्धनको तर्फबाट भरतपुर महानगरको मेयर पद माओवादीलाई परेपछि कांग्रेसभित्र व्यापक असन्तुष्टि बढेको थियो । केन्द्रको निर्देशनलाई अवज्ञा गर्दै पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस !