चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले भरतपुर महानगरपलिकाको मेयर पदका लागि मनोनयन दर्ता गरेका छन् । उनले आज (सोमबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा दर्ता गराएका हुन् ।
उम्मेद्वारी दर्ता गर्दै उनले आफु नेकपा एमालेबाट उम्मेद्वारी दिए पनि सबैको साझा उम्मेद्वारी भएको बताउछन् । उनले भने, मेरो मनमा भरतपुरको माटो छ । मैले मेयर पद जितेर भरतपुरको बिकास गर्न चाहान्छु भरतपुरको समृद्धिका लागि भरतपुरबासीले आफुँलाई भोट दिएर जिताउनु पर्ने बताएका छन् ।
सुवेदीले भरतपुरमा राजनीतिक क्रान्ति धेरै थरिएको भन्दै आगामी दिनमा आर्थिक क्रान्ति गरी चितवनलाई देशकै राजधानी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी भन्छन्, ‘यस अघि पुरा हुन बाँकी रहेका कामहरुलाई व्यवस्थितरुपमा गुरुयोजना बनाएर अघि बढ्ने योजना रहेको छ ।’
उम्मेदवारी दर्तामा प्रस्तावक देवि ज्ञवाली, समर्थक कृष्णभक्त पोख्रेल रहेका थिए । एमालेले उपमेयरमा भने उम्मेदवारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस !