पोखरा ।  पोखराको मेयरमा कांग्रेस नेताले वागी उम्मेदवारी दिएका छन् । कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति विमलबहादुर कार्कीले भर्खरै उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादीका) धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय भइसकेको छ । त्यसकै विरुद्धमा कांग्रेसका युवा नेता कार्कीले वागी उम्मेदवारी दर्ता गराएका हुन् ।

‘हाम्रो सभापति शेरबहादुर देउवाले कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल लगाउने, कलममा भोट हाल्न लगाउन गर्न लाग्नुभयो, मैले त्यसैको विरुद्धमा उम्मेदवारी दिएको हुँ,’कार्कीले अन्नपूर्ण पोस्टसँग भने, ‘कुनै हालतमा मेरो उम्मेदवारी फिर्ता हुँदैन, फिर्ता हुने गरी उम्मेदवारी दिएको होइन ।’

प्रतिक्रिया दिनुहोस !