काठमाडौं । बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनमा आबद्ध दलले वडाको भागबण्डामा पनि सहमति गरेका छन् ।

सहमतिअनुसार नेपाली कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा आफ्नो भागमा राखेको छ भने माओवादीलाई पाँच र नेकपा एसलाई तीनवटा दिएको छ ।

कांग्रेसले १,२,३,४,५,६,७,८,१०,१४,१५,१६,१७,१८,१९,२०,२१,२३,२७,२९ मा अध्यक्ष लिने भएको छ । त्यस्तै माओवादीले ११,१३,२४,२५,२८ नम्बर वडा अध्यक्षको उम्मेदवार लिनेछ भने नेकपा एसले ९, १२ र २२ नम्बर वडामा भाग पाउने भएको छ ।

२६ नम्बर वडामा कुरा मिल्न बाँकि छ, जहाँ कांग्रेसले दाबी छाडेको छैन ।

 

प्रतिक्रिया दिनुहोस !