काठमाडौँ ।  नेकपा एमालेले शिक्षा सुधारको विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा गुणवान र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरीय, सिपमूलक र जीवनउपयोगी बनाउने उल्लेख छ ।

यस्तै एमाले घोषणापत्रमा स्वास्थको विषयलाई दोस्रो प्राथमिकतामा राखिएको छ । त्यस्तै खानेपानी र सरसफाइ, उर्जाको विषयलाई एमालेले आफ्नो घोषणापत्रमा प्रमुखताका साथ समेटेको छ ।

विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली नि:शुल्क उपलब्ध गराउने समेत एमालेले जोड दिएको छ । यस्तै कृषिलाई पाँचौं प्राथमिकताको रुपमा घोषणापत्रमा समेटेको छ ।

त्यसैगरी यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय क्रमश: एमालेको प्रमुख योजनाको रुपमा घोषणापत्रमा उल्लेख छ ।

एमालेले शुक्रबार नेपाल कम्युनिस्ट दिवसको अवसर पारेर १७ बुँदे कार्यक्रमसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । जहाँ उद्यमशीलता, रोजगारी, कला, संस्कृति लगायत विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस !