चितवन । सुरक्षित बचत तथा र ऋण सहकारी सस्था लि. कालिका-६, खोलेसिमलद्वारा १५औं स्थापना दिवसको अबसरमा पिठुवा खानेपानी र पदमपुर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था लि. लाई सहयोग गरिएको छ । सहकारी सस्थाको सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुई वटा खानेपानी सस्थालाई सहयोग गरिएको हो । सहकारीले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था लि. लाई एयर कन्डिसनर र पदमपुर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था लि. लाई नगद ५० हजार रुपैयाँ सहयोग गरिएको हो । सो सहयोग आज आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । सस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा कालिका वडा नं.६ का अध्यक्ष बिनोद रेग्मी, पिठुवा खानेपानी सस्थाका अध्यक्ष आशिक लामा, पदमपुर खानेपानी सस्थाका अध्यक्ष लक्ष्मण पौडेल, सुरक्षित सहकारीका सल्लाहकार भिम खनाल लगायतले मन्तव्य राखेका थिए । सस्थाका सचीव लालुप्रसाद दाहालले संचालन गएको कार्यक्रममा उपाध्यक्ष दिपक लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस !