स्याङ्जा । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्य स्थानीय तहमा जस्तै स्याङ्जाको भीरकोटमा पनि चुनावको माहोल तातिएको छ । भीरकोटमा बिशेष गरी कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई चुनावी रौनकले छपक्कै छोपेको  देख्न सकिन्छ । 
यस पटक काँग्रेसबाट भीरकोट नगरपालिकाको मेयरमा नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले उम्मेदवारी घोषणा गरिसकेका छन् । अधिकारी काँग्रेसका बलिया उम्मेदवार हुन् । काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भीरकोटको नगर सभापतिमा विजयी अधिकारी २०७४ को स्थानिय निर्वाचनमा भीरकोट ५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । युवा नेता अधिकारी भीरकोटको लोकप्रिय नेताको रुपमा कार्यकर्ता र जनतामाझ परिचित छन् ।
यस अघि वडाको नेतृत्व समालिसकेका र पार्टीको नगर सभापति समेत बनेका अधिकारीलाई स्याङ्जाका वर्तमान सभापति राजु थापा, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, केन्द्रिय उपसभापति धनराज गुरुङ लगायत धेरै नेताहरुकोे समर्थन छ । अधिकारीले भीरकोटमा आफु बलियो रहेको बताईरहे पनि अब भीरकोटको नेतृत्वमा को आउँला भन्ने कौतुहलता धेरैमा रहेको छ । ९ वडा रहेको भीरकोटमा यस पटक २० हजार ७ सय ६९ मादाता रहेका छन् ।  
आज हामी लामो समयदेखि भीरकोटको राजनीतिमा रहेका यामप्रसाद अधिकारी को हुन् र उनी राजनीतिमा कसरी आए भन्ने विषयमा केन्द्रित हुँदै छौ ।
को हुन् यामप्रसाद अधिकारी
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ५ साविक स्वरेक गाविस वडा नं ५ का स्थायी बासिन्दा अधिकारीको जन्म २०३९ सालमा भएको हो । २ दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका अधिकारी नेपाली काँग्रेसभित्र इमान्दार र सिद्धान्तमा निष्ठावान नेताको रुपमा परिचित छन् । जिल्लामा खगेन्द्रराज रेग्मी, भोजराज अर्याल र स्व. कमल पंगेनीको अत्यन्तै नजिक रहेर काम गरेका उनी सांगठनिक रुपमा चतुर नेताको रुपमा चिनिन्छन् । १० बर्षको बाल्यकालदेखि नै काँग्रेसबाट प्रभावित अधिकारी २०४८ सालको निर्वाचनमा कापीको पन्नामा ४ तारे झण्डा गराई ४ तारा चारै सिटको नारा लगाएको घटना आज पनि ताजै रहेको बताउछन् । विगत १ दशकदेखि हुँदा खाँदाको व्यावसाय नै छोडेर उनी सक्रिय राजनीतिमा होमिएका छन् ।    २०६२/०६३ मा देशमा लोकतन्त्र ल्याउन अग्रणी भुमिका खेलेका अधिकारी कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिन सफल भए । त्यससंगै नगर र जिल्लामा उनको राजनैतिक प्रभाव विस्तारै बढ्दै गयो । २०५९ मा नेविसंघको क्याम्पस ईकाइ मार्फत राजजितिमा जोडिएका उनी दर्जनौं सामाजिक संघसंस्थामा संलग्न छन् । 
वलिङ उद्योग वाणिज्य संघको सदस्य, सहकोषाध्यक्ष तथा फर्निचर व्यावसायी संघको जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य समेत भएका अधिकारी वालिङ जेसीजका पूर्व अध्यक्ष समेत हुन् । कोभिड महामारीको बेला एम्बुलेन्सले समेत सेवा दिन डराईरहेको बेला अधिकारीले आफ्नो निजी सवारीमार्फत करिब ७ सय बिरामीलाई निशुल्क सेवा दिए । परोपकारी भाव र नेतृत्व क्षमता भएकै कारण नगर अधिवेशनले भीरकोट काँग्रेसको नेतृत्व गर्ने जिम्मा उनलाई नै दियो । त्यो संगै ५ बर्षका लागि अधिकारी सभापतिमा चुनिए ।
२०५६ मा भएको आम निर्वाचनमा नेविसंघ मार्फत सक्रिय भुमिका निर्वाह गरेका उनले माओवादी शान्ति प्रकृयामा आईसके पछाडि २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा र २०७० को संविधान सभा निर्वाचामा स्याङ्जा २ नम्वर क्षेत्रबाट चुनाब लडेका स्व. कमल पंगेनी जिताउ अभियानामा युवा परिचालनको जिम्मेवारी पाए । तत्कालिन अवस्थामा स्याङ्जामा ३ निर्वाचन क्षेत्र रहेको थियो । सो बेला दुई क्षेत्रमा काँग्रेसले जितेको थियो ।
उनी जनताका साना साना काममा पनि चासो दिँदै आफै फिल्डमा पुगेर काम गराउँने क्षमता भएका नेताको रुपमा पनि परिचित छन् । जुनसुकै बेलामा पनि जनता तथा कार्यकर्ताको फोन उठाउने र समस्या सुन्न तत्पर हुने नेताको रुपमा उनलाई भीरकोटे जनताले लिने गरेका छन् । २०७२ सालको भुकम्पमा जेसीजमार्फत तत्काल राहात तथा उद्धारको लागि उनले देखाएको तत्परता र सहयोगको अहिले पनि भीरकोट र वालिङमा बेलाबेलामा चर्चा हुने गरेको छ । विभिन्न समयमा भईपरि आउँने दुर्घटनामा उद्धार तथा उपचारको लागि उनले खेल्ने गरेको भुमिकाको विषयमा स्याङ्जामा निकै चर्चा हुने गरेको छ । कोरोना महामारीको समयमा बिरामीले सवारी साधन नपाएको अवस्थामा अधिकारीले नै हस्पिटल पु¥याए । कोरोनाको कारण मृत्यू भएकाको आफन्त नहुदाँ आफै दाहसंस्कार पनि गरे । बिरामीहरु बेडनै नपाएर छट्पटाई रहनु परको अवस्थामा पनि उनले त्यसको व्यावस्थापन र उपचार गराउनको लागि महत्वपुर्ण भुमिका खेलेका थिए । अधिकारीलाई भीरकोटका अन्य पाटीका नेता तथा कार्यकर्ताहरुले पनि आदर्शको रुपमा लिने गरेको पाईन्छ ।
फर्निचर व्यावसायी संघको संस्थापक अध्यक्ष भएपछि फर्निचर व्यावसायीहरुको धरोहरको रुपमा समेत उनी परिचित छन् । उनको जिल्लमा फर्निचर व्यावसायी संघ स्थापनाको लागि निकै महत्वपुर्ण भुमिका रहेको छ । २०६२/६३ को जनआन्दोलन सफल बनाउनको लागि उनले खेलेको भुमिकाको अहिले पनि सबै तिर प्रशंसा हुने गरेको छ । नेपाली कांग्रेस भीरकोटको संगठन निमार्णमा उनले खेलेको भुमिका निकै अतुलनिय छ । कांग्रेसमै लागेको कारण माओवादीले देशमा शसस्त्र युद्ध गर्दै गर्दा उनीहरुको आँखाको तारो समेत बनेका थिए । तर पनि अधिकारी आफ्नो विचार र सिद्धान्तबाट कहिल्यै विचलित भने भएनन् ।

प्रतिक्रिया दिनुहोस !