काठमाण्डौं । बालुवाटारमा जारी पाँच दलीय गठबन्धनको बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल चलिरहेको छ । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार पारेको सहमतिको ड्राफ्टमाथि अहिले छलफल भैरहेको छ ।

सहमतिको प्रस्ताव अनुसार भरतपुर महानगरपालिकाको मेयर माओवादीको भागमा परेको छ भने उपमेयरसहित सबै वडा कांग्रेसको भागमा परेको छ । यसैगरी काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनेछ । एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व पाउने छ भने जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।

प्रस्तावमाथि छलफल जारी रहेको छ । अन्तिम टुंगो भने लागिसकेको छैन । गठबन्धनको बैठकमा प्रस्ताव भएको महानगर र उपमहानगरको भागवण्डा तल हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !