काठमाडाैँ । तनहुँमा नेपाली काँग्रेसलाई झड्का लाग्ने भएको छ । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । शनिबार जोशी निवास दमौलीमा भएको बैठकले तालमेलमा सहमति जुटाएको हो । हिजको बैठकले दुबै पक्षबाट ४-४ जना सदस्य रहने ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय समेत गरेको दीपकराज जोशीले जानकारी दिए । केही पालिकामा जोशी समूहका उम्मेदवार हुन्छन भने बाँकीमा एमालेका उम्मेदवार हुनेछन । तालमेल अनुसार दुबैले एक अर्काको उम्मेदवारलाइ सहयोग गर्नेछन ।

प्रतिक्रिया दिनुहोस !