काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको अडियो– भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

काँग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले काँग्रेसको पक्षमा उत्कृष्ट अडियो–भिडियो निर्माण गर्नेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

काँग्रेसको चुनावी प्रचारका लागि निर्माण गरिएका गीतहरूमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिनेलाई नगद पुरस्कार दिइने छ ।

प्रतिक्रिया दिनुहोस !