चितवन ।  भरतपुर महानगरपालिकाका नेकपा एमालेका मेयर उमेदवार बिजय सुवेदीले सुसाशन र गुरुयोजना सहितकाे समृद्धि नै आफ्नो मुल एजेन्डा रहेकाे बताउनुभएको छ ।

एमाले भरतपुर -१२ वडाकमिटिले आज गरेकाे नयाँ बर्ष शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै नेता सुवेदीले ब्यवस्थित गरुयाेजना सहित महानगरकाे सर्वाङ्गिण बिकास गर्न आफू मेयरकाे उमेदवार भएको स्पष्ट पार्नुभयाे ।

“मैले ५५ बर्षकाे उमेरमा मृत्युु पर्यन्त शरिरका सबै अङ्ग प्रयाेग गर्नु भनी दान गरिसकेको छु, अबकाे उमेर र समय भरतपुरलाई संसारकै हेर्न लायक महानगर बनाउन लाग्नेछु ” सुवेदीले भन्नुभयो । आफ्नै नेतृत्वमा बनेको चितवन उपत्यका गुरुयोजना , स्वास्थ्य रणनीति र ब्यवस्थित बिकासका कार्यक्रम कार्यान्वयन गर्ने आफुमा हुट्हुटि रहेकाे सुवेदीले बताउनुभयो ।

यहाँको जमिन, पानी , पर्यावरण सबैकुरालाई ब्यवस्थित गरेर प्रकृतिक ऐश्वर्य भएको महानगर बनाउने याेजना आफुसंग रहेकाे उहाँले बताउनुभयो । सुशासन आफ्नाे प्राथमिकतामा रहेकाे बताउदै उहाले एक रुपैयाँ पनि घुस र भ्रष्टाचार हुन नदिने एवम् जनताले सेवा पाउन कुर्न नपर्ने अवस्था सिर्जना गरिने प्रतिवद्दता ब्यक्त गर्नुभयाे ।

गरिबी लाई हटाउन गाँस बास , स्वास्थ्य , शिक्षा र राेजगारी जस्ता कुरा ग्यारेन्टी गरिने प्रतिवद्धता राख्दै उहाँ ले आफू झुठाे आश्वासन बाड्ने पक्षमा कहिल्यै नहुने बताउनुभयो । हामी गर्छाैं , हामी साच्चिकै जनताको सेवा गर्न महानगरकाे अगुवाइ गर्न चाहिरहेका छाैं । मेयरकाे रुपमा निष्पक्ष सक्रियतामा हामी जुट्नेछाै । ” सुवेदीले भन्नुभयो । पार्टी वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले पाेलिट्व्युराे सदस्य देवीप्रसाद ज्ञवाली, प्रदेशकमिटि सदस्य मंगलराम दराईले शुभकामना मन्तव्य राख्नुभयाे ।

नेता ज्ञवालीले भरतपुर महानगरमा मेयर पदमा बिजय सुवेदीको जित सुनिश्चित रहेकाे दावी गर्नुभयाे । महानगरलाई हेर्न लायक र गर्व गर्न लायक बनाउन उमेदवार सुवेदी काविल रहेको ज्ञवालीकाे भनाई छ ।
प्रदेश कमिटी सदस्य मुकुन्दराज दाहाल, जिल्ला कमिटी सदस्य वडा ईन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य अन्जु शर्मा, हरि पन्त, युवा संघ सचिवालय सदस्य अस्मिन घिमिरे, केन्द्रीय सदस्य सुशील केसि, एमाले भरतपुर महानर कमिटी सदस्य बिमला भट्टराई, रवि अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !