काठमाडौँ ।  सत्ता गठबन्धनले स्थानीय तहको नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बेलुकी बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयअनुरुप भागबन्डाको खाका समयसीमा तोकेर पठाउन निर्देशन दिने निर्णय भएको हो । बैठकले त्यसका लागि मापदण्डसमेत निर्धारण गरेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

मापदण्डअनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा जुन पार्टीका उम्मेदवार जितेको छ सोही कायम गर्ने र नेकपा (एमाले) ले जितेको ठाउँमा मतभारलाई समेत ध्यान दिएर प्रतिवेदन पठाउन भनिएको छ ।

आगामी वैशाख ३० गते एकै चरणमा ७५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस !