चितवन । सेवा अहिले नेपाल काठमाडौँको आयोजनामा चितवनको इच्छाकामना वडा नं. २ रमाइलो डाँडामा ६ महिने निशुल्क सिलाइ कटाइ तालिम आज सम्पन्न भएको छ ।

संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रमाइलो डाँडा टोल विकास संस्थाका अध्यक्ष जीवन प्रजा, सेवा अहिले नेपाल काठमाडौँका अध्यक्ष रेविका ढकाल, स्थानीय समाजसेवी सुवास परियार, सेवा अहिले नेपालका सदस्य शोभा ढकाल, संस्थाका चितवन को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, सिलाइ कटाइ तालिम प्रशिक्षक सिता डंगोल, लालीगुराँस महिला समूहकी अध्यक्ष प्रिती चेपाङ, पत्रकार शिशिर सिंखडा, संस्थाका प्रोग्राम को–अर्डिनेटर जगदिशचन्द्र पोख्रेल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो संस्थाको आयोजनामा २३ जना विपन्न महिलाहरूलाई निशुल्क तालिम उपलब्ध गराउनुका साथै तालिमका सम्पूर्ण सामग्रीहरू र सिलाइ मेसिन समेत निशुल्क रूपमा हस्तान्तरण गरिएको थियो । सो संस्थाले यस अगाडि पनि कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वस्तीमा निशुल्क सिलाइ कटाइ तालिमका अतिरिक्त विपन्न वस्तीमा खाद्यान्न, न्यानो कपडा, झुल, विद्यार्थीहरूका लागि छात्रवृत्ति, न्यानो कपडा, स्टेशनरी सामग्री सहयोग गर्दै आएको छ ।

संस्थाले आफ्टर स्कुल प्रोग्राम अन्तर्गत विभिन्न विद्यालयमा सहयोगहरू समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !