
चितवन । नेकपा एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदीलाई उठाउने भएको छ ।
बागमती प्रदेशका सांसदसमेत रहेका सुवेदीलाई भरतपुर महानगरको मेयरमा उठाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ । सुवेदी चितवन क्षेत्र नम्बर २ ख बाट यसअघि निर्वाचित भएका थिए ।
२०७४ सालमा मेयरको उमेदवार बनेका देवी ज्ञवालीले नै नेता सुवेदीलाई प्रस्ताव गर्ने बुझिएको छ । सांसद कृष्णभक्त पोखरेलको समर्थन रहने एमाले स्रोतले जनाएको छ ।
भरतपुर १२ निवासी सुवेदी स्थानीय क्षेत्रमा एमालेका लोकप्रिय नेता हुन् । तीन पटकसम्म चितवनको नेतृत्व लिएका सुवेदी केही समय वागमती प्रदेशको मन्त्रीसमेत भएका थिए ।