चितवन । भरतपुर महानगरपालिका वडा नं. १४ लाफाचोकमा दुई वटा म्याजिक एकआपसमा ठक्कर खाँदा आठ जना घाईते भएका छन् । आज बिहान ८ बजेको समयमा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पटिहानीबाट गीतानगरतर्फ आउँदै गरेको ना १ ज ६१८८ नम्बरको म्याजिक र विपरित दिशाबाट जाँदै गरेको ना १ ज ४१८१ नम्बरको म्याजिक एकआपसमा ठक्कर खाएका हुन् ।

घटनामा परी ना १ ज ४१८१ नम्बरको म्याजिक चालक सहित दुबै म्याजिकमा सवार ८ जना घाईते भएको प्रहरीले न्यूजभित्तोलाई जनाएको छ । घाइते हुनेहरुमा पोखरा १५ नयाँगाउँकी ५० वर्षिया कृष्णमाँया सापकोटा, भरतपुर ९ शरदपुर की ४७ वर्षिया सरस्वती देवकोटा, भरतपुर ८ गौरिगन्जका १८ वर्षिय प्रबिण ढकाल, भरतपुर ८ का १४ वर्षिय सुशिल देवकोटा, २७ वर्षिय सन्जय सापकोटा, १६ वर्षिया सलिना देवकोटा र ३४ वर्षिया अन्जु थपलिया रहेका छन् । उनीहरुको भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार र्भइरहेको छ ।

दुबै सवारी साधन र ना १ ज ६१८८ नम्बरको म्याजिक चालक ईलाका प्रहरी कार्यालय गितानगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !