चितवन । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघको आक्रमणपछि बेपत्ता भएका खैरहनी–१२ का ६५ वर्षीय रामप्रसाद धमलाको भर्खरै शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो ।

बाघले आक्रमण गरेर लगेपछि उनको खोजी गरिएकामा शव प्राप्त भएको चितवन प्रहरीका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिए । धमलाको खोजीको लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !