
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै छ । मध्याह्नका लागि तय भएको बैठकमा पाँच दलका शीर्ष नेताहरु गठबन्धनको चुनावी रणनीतिका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने बालुवाटार सचिवालयले जनाएको छ ।
आगामी स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै गर्ने सहमति भएपनि त्यसबारेको खाका तयार भइनसकेको अवस्थामा छ । बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ ।
गठबन्धनले स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमनका लागि समिति नै बनाएर अगाडि बढेको छ । गत मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उक्त समिति गठन गरेको थियो ।