चितवन । चितवनको राप्ती नगरपालिका वडा नं ६ धमौरामा भरुवा बन्दुक सहित मानव कंकाल भेटिएको छ ।

खानेपानीको पाइपलाइन विस्तारको लागि खाल्टो खन्ने क्रममा प्लाष्टिकले बेरिएको मान्छेको टाउँको फेला परेको प्रहरीले जनाएको छ । लोकेन्द्र श्रेष्ठ र राज आलेले खाल्टो खन्ने क्रममा मान्छेको टाउको, दुई वटा कटुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ ।

२०५१/५२ सालमा चर्च रहेको सो ठाउँमा डेढ फुट खन्दा मानव कंकाल भेटिएको हो । प्रहरी सो ठाँउलाई सिल गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !