सर्लाही ।  जिल्लामा मतदाताको सङ्ख्या चार लाख ७४ हजार ४३९ पुगेको छ । तीमध्ये पुरुष दुई लाख ५७ हजार १३८ र महिला मतदाता दुई लाख १७ हजार २९२ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत दिवाकर भुजेलका अनुसार यसैगरी अन्य नौजना मतदाता रहेका छन् ।

जिल्लाको पालिकामा मतदानस्थल सङ्ख्या ३१८ र जम्मा मतदान केन्द्र सङ्ख्या ५९९ कायम रहेको उहाँले बताउनुभयो । सबैभन्दा बढी बरहथवा नगरपालिका र सबैभन्दा कम पर्सा गाउँपालिकामा मतदाता सङ्ख्या रहेको छ । ती स्थानीय तहमा क्रमशः ४३ हजार २०२ र १२ हजार ५२७ मतदाता सङ्ख्या रहेको कार्यालयले जनाएको छ । जिल्लाका सुरक्षा अधिकारीहरुले मतदानस्थल र केन्द्रहरुको स्थलगत अनुगमनसमेत गरेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । सबैभन्दा धेरै स्थानीय निकाय जिल्लामा छन् ।

प्रतिक्रिया दिनुहोस !