चितवन। चितवनको रत्ननगरमा नेकपा माओवादी केन्द्रका पुराना तथा प्रभावशाली नेता हरिबहादुर खड्का एमालेमा प्रवेश गरेका छन् । घरदैलो अभियानअन्तर्गत रत्ननगर १३ मा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कपिलदेव पोखरेल र नगरअध्यक्ष ईश्वरीप्रसाद अर्यालले खड्कालाई पार्टीमा स्वागत गरेका हुन् ।

२०३४ सालदेखि श्रमिक संगठनमार्फत राजनीति यात्रा सुरु गरेका खड्का जनमोर्चा र माओवादी केन्द्र हुँदै आइतबार एमालेमा प्रवेश गरेका छन् । खड्का रत्ननगर मेलमिलाप केन्द्रका उपाध्यक्षसमेत हुन् । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी एमालेले सुरु गरेको ‘घरघरमा एमाले टोल टोलमा एमाले’ अभियानअन्तर्गत रत्ननगरका अधिकांश वडाबाट अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस !