चितवन । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । चितवनको प्रमुख निर्वाचन अधिकृतमा हेमन्त रावललाई तोकिएको छ । आयोगका अनुसार चितवन जिल्ला अदालतका न्यायाधिश रावल भरतपुर महानगरपालिकाको निर्वाचनमा खटिनु हुनेछ ।

यसैगरी ईच्छाकामना गाउँपालिकाको निर्वाचन अधिकृतमा ईश्वर आचार्यलाई तोकिएको छ । उहाँ चितवन जिल्ला अदालतका स्रेस्तेदार हुनुहुन्छ । कालिका नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीलाई तोकिएको छ ।

खैरहनी नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका उपसचिव सरस्वती पौडेल, माडी नगरपालिकामा जिल्ला समन्वय समिति चितवनका समन्वय अधिकारी चुडामणि शर्मा गौतमलाई तोकिएको छ ।

यस्तै रत्ननगर नगरपालिकामा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम र राप्ती नगरपालिकामा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजाललाई निर्वाचन अधिकृत जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस !