काठमाडौं । राजधानीको बूढानीलकण्ठमा एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा उदयपुरको कटारी स्थायी घर भएका २१ वर्षीय भक्तबहादुर थापाले गएराति श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् । भक्तबहादुरले मासु काट्न प्रयोग हुने दाउ प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

सख्त घाइते भएकी २४ वर्षीया लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो । भक्त पक्राउ परिसकेका छन् । सामान्य घरायसी विवादमा उनले श्रीमतीको घाँटीमा दाउ हानेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !