रवि रोषी, चितवन । रत्ननगर नपा वडा नं. १३ बुढिकुला सुकुम्बासी टोलकी मीरा नेपालीको जीर्ण घर भत्काएर नयाँ घर निर्माण कार्य तीब्र गतिमा सुरु भएको छ ।

युवा समाजसेवी सुजन क्षेत्री तथा जापानलाई कर्मथलो बनाई जापान रहँदै आएका अभियन्ता दीपक बाबू नेपालले मीरा नेपालीको नाजुक स्थिती र जीर्ण घर देखे पछि नयाँ घर निर्माण गरिदिने प्रतिबद्दता सहित अभियान सुरु गरिएको थियो ।

८ महिना अघि मात्र जन्डिस रोगले ग्रस्त भै उनका श्रीमान सानुबाबु नेपालीको मृत्यु भएपछी छिमेकिहरुको सहयोगमा गुजारा गर्दै आएका थिए ।

५ वटा सन्तानको आर्थिक बोझले ग्रस्त मीरा नेपाली पनि स्वयं जन्डिस रोगले उत्कर्षमा पुराइसकेको अवस्था रहेको र उनको उपचार र स्वस्थ खानपानमा सुजन नेपाल क्षेत्री र दीपकबाबु नेपालले नियमित सहयोग र निगरानी राख्दै आएका छन् ।
नयाँ घर निर्माण अभियान अन्तर्गत सामाजिक सन्जाल मार्फत मीरा नेपालीको घरको दारुण कथा बृत्तचित्र युट्युब मार्फत सार्वजनिक भएपछी अष्ट्रेलिया, जापान, युके, तथा विभिन्न देश र रत्ननगर नेपाली कांग्रेस नगर कार्यसमिती तथा विभिन्न राजनितिक तथा सामाजिक ब्यक्तित्वबाट आर्थिक सहयोग जुट्न प्रारम्भ भएको कुरा अभियन्ता दीपकबाबु नेपालल र सुजन नेपाल क्षेत्रीले जानकारी गराए ।

संकलित रकमले भवन बनाउन येथेष्ट नभएको हुनाले यो अभियानलाई अझ व्यापक बनाउँदै देश तथा बिदेशमा याचना गरिरहेको कुरा पनि जानकारी गराए ।

हामी पारदर्शितामा रहेर यो अभियान सम्पन्न गराउनेछौं अभियन्ता द्वयले भने ।

चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्माले मीरा नेपालीका दुईवटा जुम्ल्याहा छोरीहरुलाई एसओएस बालग्राममा राखी आवासीय सुविधा सहित पुर्णकालीन शिक्षा दिने ब्यवस्था मिलाइदिएको बारेमा पनि अभियन्ता द्वयले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस !