चितवन ।  चितवनमा बाल यौन दूर्व्यबहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन ।
चितवनको माडी नगरपालिका वडा नं १ बरुवास्थित श्री सोमेश्रर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १५ वर्षिय नावालिकालाई यौन दूर्व्यबहार गरेको आरोपमा सोहि बिद्यालयका शिक्षक माडी ५ बस्ने ३७ वर्षिय सुरज लामिछाने पक्राउ परेका हुन । नाबालिकाको आफन्तले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यलय चितवनबाट खटिएको टोलिले पुरुष अर्थात शिक्षकलाई हिजो आइतबार प्रकाउ गरेको हो । जिल्ला अदालत चितवनबाट म्याद थप गरि अनुसन्धान भइ रहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !