चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरुको संस्था नेपाल उद्योग संघको अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनु भएको छ । आज शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणी वास्तोला, महासचिवमा इश्वरबहादुर गुरुङ्ग, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला, शोभाकान्त बस्याल, बिक्रमलिम्बु चेम्जोङ, प्रेम बस्नेत रहनु भएको छ ।
अन्य पदाधिकारी पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष भिमलाल पौडेलले जानकारी दिनुभयो ।

बन्दसत्र अघि भएको उद्घाटन सत्र तथा साधारण सभामा अध्यक्ष डा भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव इश्वरबहादुर गुरुङ्गले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ ।

२०७० सालमा स्थापना भएको नेपाल उद्योग संघ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तर्गतको संस्था हो ।

 

प्रतिक्रिया दिनुहोस !