काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन केही नभएको र स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताए। अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क समन्वय कमिटिद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले कार्यक्रममा प्रचण्डलाई व्यङ्ग्य गर्दै माओवादीका जनप्रतिनिधि तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दै गरेको बताए।

हामीबाट छुट्टिएर गएको पार्टी समाप्त भइसकेको र आफूहरुबाटै लगेको ४८ सिटको धाक लगाइरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई पनि व्यङ्ग्य गरेका छन्। उनले ६० वर्षका माथिले कांग्रेसलाई भोट नहाल्ने बताए।

प्रतिक्रिया दिनुहोस !