गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा विभिन्न पार्टी परित्यागगरि दर्जनबढि नेता कार्यक्रता एमालेमा प्रवेश गरेका छन ।

माओवादि र कांग्रेस परित्यागगरि उनिहरु एमालेमा प्रवेश गरेका हुन । नेकपा एमाले गण्डकी गाउँपालिका वडा नं ७ को पार्टी कमिटीले गरेको कार्यक्रममा उनिहरु एमालेमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेमा  राजन कार्की, बाबुलाल कार्की, सन्तोष कार्की, नरहरि अधिकारी, प्यारिलाल बिक, कल ब. बिक, राम ब मगर, साने बिक, तुल ब परियार, पहलमान परियार, स्याजिरा कार्की, टिकादत्त खनाल, कुमार कोईराला, पुस्प परियार रअरुन परियार लगायत रहेका छन ।

उनिहरुलाई एमाले केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका ईन्चार्ज रामशरण बस्नेतले अबिर र खाँदा ओडाएर एमालेमा प्रवेश गराएका हुन ।

प्रतिक्रिया दिनुहोस !