चितवन ।  माडी नगरपालिका वडा नम्बर ४ खैरहनीका माधब लामिछानेको घर गोठमा आगलागी भएको छ । आगलागी हुँदा दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षती भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ४ः३० बजेको समयमा आगलागी भएको हो । आगलागीबाट ६० लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीको भनाई छ । आगलागीमा धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दाना नष्ट भएको छ । यसैगरी एउटा फ्रिज, टेलिभिजन, डिजिटल मेसिन थान, तीन थान सोलार प्यानल, तीन वटा ब्याट्री, एउटा ईन्भटर आगलागीमा परी नष्ट लभएका छन् । यस्तै ग्रिज, मोबिल, गियर आयल, हाईड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । स्थानीय, नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ । घरधनी माधव लामिछानेले नगरपालिकाको दमकल समयमा नआएको, ढिलो गरी आउँदा समेत दमकलमा पानी अत्यन्त न्यून रहेका कारण आगलागी समयमा नियन्त्रणमा लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो “दमकल आउँनै ढिलो ग¥यो, आउँदा पनि निकै थोरै पानी थियो ।” पर्याप्त पानी सहित समयमा दमकल आएको भए क्षति कम गराउन सकिने उहाँको भनाई छ । उहाँले दमकल जस्तो संवेदनशील विषयमा नगरपालिकाले खेलवाड गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !