चितवन । नेकपा माओवादी केन्द्र चितवनको इन्चार्ज र संयोजकको जिम्मेवारी तोकिएको छ । जिल्ला इन्चार्जको जिम्मेवारी रेनु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले दिइएको छ ।

माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले भरतपुर महानगरकी मेयर दाहाल र पूर्व विद्यार्थी नेता अधिकारीलाई सो जिम्मेवारी तोकेको हो ।

दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन भने अधिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस !