जुम्ला । जुम्लाका विभिन्न पार्टी नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस जुम्ला प्रदेशसभा क्षेत्रीय उपसभापतिसहित विभिन्न पार्टीबाट १७ जना नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

कांग्रेसको जुम्ला प्रदेशसभा (ख) क्षेत्रीय समितिका उपसभापति दानसिंह खत्री, विप्लव नेतृत्वको नेकपा समूहका जिल्ला कमिटी सदस्य कालीप्रसाद जैसीलगायत डेढ दर्जन नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर बालकोटस्थित निवासमा अबिर र खादा लगाइदिएर पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !