काठमाडौँ ।  नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा सुरु भएको छ । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।

प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशनको सुरू र अन्त्यपछि दलको बैठक बस्ने वैधानिक व्यवस्थाअनुसार बसेको बैठकमा पछिल्लो अवस्थाको र सरकारको नियतबारे पनि छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस !