काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटका बेला दुई देशबीचको सम्बन्ध र बिविध आयामहरुको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साउदी अरबका विदेशमन्त्री साउद दुई दिने भ्रमणमा हिजो नेपाल आइपुग्नुभएको हो । विदेशमन्त्री साउदले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस !