चितवन । भरतपुरको तोरीखेतमा भरतपुरतर्फ आउँदै गरेको बलेरो जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ५ तोरीखेत प्रेमबस्तीमा कुकुरलाई ठक्कर दिई अनियन्त्रित भएर बलेरो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान ७ः३५ बजेको समयमा प्राईम केवलको ग ३ च ७२७० नम्बरको बलेरो दुर्घटना भएको हो । उक्त बलेरोमा १३ जना सवार रहेकोमा १० जना सामान्य घाईते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी स्याङजा विरुवा गाउँपालिका वडा नं. ३ का ३७ वर्षिय तुमबहादुर राना, पर्वत कुश्मा नगरपालिका वडा नं. १४ का २२ वर्षिय दिनेश क्षेत्री, सोही ठाउँका २४ वर्षिय विशाल विक, गुल्मी सत्यवती गाउँपालिका ६ का २२ वर्षिय सरोज भण्डारी, पर्वत कुश्मा नगरपालिका ८ बस्ने १८ वर्षिय सुन्दर विक, २६ वर्षिय विशाल गुरुङ २१ वर्षिय अशोक क्षेत्री, २० वर्षिय सुनिल सुना, २१ वर्षिय कृष्णबहादुर विक र स्याङजा विरुवा गाउँपालिका वडा नं. ३ का २६ वर्षिय धिरज सारु मगर रहेको प्रहरीले जनाएको छ ।

चालकको उपचार भईरहेको छ भने सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस !