पोखरा । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पोखरामा हुँदैछ । शनिबारसम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताको तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

भोली बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ ।

दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ । २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !