काठमाडौँ  ।   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)ले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत शङ्खमूलमा आयोजना गरेको बुथ कार्यसमिति गठन समारोहमा बोल्दै उहाँले एमसिसी नेपालको हितमा रहेकाले कांग्रेसले प्रतिपक्षमा रहेको बेलामा पनि एमसिसीको वकालत गरेको बताउनुभएको हो ।

“एमसिसी मुलुकको अर्थतन्त्रलाई टेवा पु¥याउने काममा लगानी हुन थालेकाले नेपालको हितमा छ भनेर कांग्रेसले सरकार र प्रतिपक्षमा हुँदा आवाज उठाउँदै आएको हो”, उहाँले भन्नुभयो । उहाँले विपक्षी दलले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताउनुभयो ।

नेता सिंहले केही दलले एमसिसीका बारेमा राष्ट्रघाती भनेर गलत प्रचार गर्दै हिँडेकोमा आपत्ति जनाउनुभयो । “के एमसिसी राष्ट्रघाती भएको भए संसद्बाट पारित हुन्थ्यो त ?”, उहाँले प्रश्न गर्नुभयो । एमसिसीका बारेमा जनतालाई घरघरमा गएर बुझाउने जिम्मा कांग्रेसको काँधमा आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !