महोत्तरी । माओवादी केन्द्र महोतरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्। एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश कमिटी सदस्य तथा बर्दिबास वडा नम्बर ३ का वडाध्यक्ष राजनप्रसाद ढुंगानासहितले अन्तत: पार्टी नै परित्याग गरेका हुन् ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नगर कमिटी सदस्य उर्मिला कार्की, मधेस प्रदेश सदस्य रामबहादुर राणा र वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पनि पार्टी छाडेका छन् । एमसीसीकाे विपक्षमा रहेकाे माओवादी केन्द्रले अन्तत: सदनबाट पारित गराउन सहमति जनाएकाे थियाे । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएपछि माओवादीकाे एउटा खेमा विराेधमा छ ।

प्रतिक्रिया दिनुहोस !