चितवन ।  चितवनको कालिका नगरपालिका वडा नं १० मा नवजात शिशु (बालक)लाई जन्म दिई हत्या गर्ने एक जना महिला पक्राउ परेका छन । प्रकाउ पर्नेमा सोहि ठाउँ बस्ने २१ वर्षिय मन्जु चेपाङ रहेकी छिन ।
गत १९ गते कालिका १० सिद्धी, टुडीखेलमा सालनाल सहित नवजात शिशु मृत अबस्थामा फेला परेको सुचनाको आधारमा खटिएको प्रहरी टोलिले अनुसन्धान गर्दा उनलाई प्रकाउ गरेको हो । उनलाई प्रकाउ गरि कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !