काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुनेछ । ।संसद बैठकअघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।प्रमुख प्रतिपक्ष एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !