चितवन ।  जापानमा रहँदै आएका दीपक नेपालले चितवनका १४ वटा डोजाङका प्रशिक्षार्थीहरुलाई किटब्याग प्रदान गरेका छन् ।

आज भरतपुरको कभर्डहलमा आयोजित खेलाडी अपग्रेडिङ कार्यक्रममा उक्त किटब्यागहरु प्रदान गरिएको थियो । उक्त खेलकूद सामाग्री हस्तान्तरण कार्यक्रममा विभिन्न जिल्लास्तरीय, राष्ट्रीय स्तरीयको साथै अन्तरराष्ट्रीय स्तरका खेलाडी तथा प्रशिकहरुको बाक्लो उपस्थिती थियो ।
सो खेलकूद सामाग्री हस्तान्तरण क्रममा भरतपुर तेक्वान्दो डोजाङका प्रमुख राम थापाले चितवनमा तेक्वान्दो खेलको उन्नयनको लागि बिगत देखि आगत सम्म पुर्व खेलाडी तथा सहयोगी ब्यक्तित्व दीपक नेपालको सो सहयोग प्रति हार्दिक आभार प्रकट गरेका थिए ।

त्यसै गरी नेपाल तेक्वान्दो संघ चितवनका अध्यक्ष गोपाल श्रेष्ठले तेक्वान्दोले राष्ट्रीय तथा अन्तरराष्ट्रीय प्रतिस्पर्धाको सिलसिलामा नेपालकै शान र मान बढाउँदै आएको र त्यस मध्ये पनि धेरै मेडलहरु हात पार्न सफलको रूपमा राष्ट्रीय गौरव राक्धै आएको चितवनका खेलाडीहरुको योगदानलाई बेवास्ता गर्दै तेक्वान्दो खेललाई राष्ट्रले नै उपेक्षा गर्दै आएकोमा यसो नभएको भए प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई राष्ट्रको गरिमा बढाउन अझ हौसला मिल्ने थियो भनेर सरकारको बेवस्तापन प्रति दुख ब्यक्त गरे ।

मन्तब्यको क्रममा रत्ननगर तेक्वान्दो डोजाङका प्रमुख तथा अन्तरराष्ट्रीय प्रशिक्षकको जिम्मेवारी प्राप्त गर्नुभएका रोशन खानले किशोर उमेर देखि नै खेलकूदको ब्यवशायिक प्रशिक्षण लिएका पुर्व खेलाडी तथा खेलकूद प्रेमीको साथै समाजसेवी दीपक नेपालले पुर्वी चितवनमा प्रशिक्षणको लागि आफ्नै हल नभएको कारणले नियमित प्रशिक्षणमा समस्या परिरहेको कारणको बारेमा जापानमा खेलयात्राको क्रममा जाँदा बताएपछी जापानमा रहँदै आउनुभएका खेलप्रेमी दीपक नेपालले कभर्ड हल निर्माणार्थ अभियान सन्चालन गरी २० लाख भन्दा बढी सहयोग जापानका खेलप्रेमीहरु संग संकलन गरी नेपाल पठाएर रत्ननगरमा प्रतिकूल मौसममा पनि नियमित प्रशिक्षण गर्न सहज बनाईदिनुभएकोमा नेपाल र जापानबासी सहयोगी दाजुभाईहरु प्रति कृतज्ञता ब्यक्त गर्नु भयो । तेक्वान्दो खेल विकासको लागि पुर्वी चितवनमा मात्र सेवा सिमित नराखी समग्र चितवनमा सहयोग सहितको उपस्थिती जनाउनु प्रशिक्षार्थीब्र प्रशिक्षकको लागि सुखद संकेत रहेको बताए ।

कार्यक्रममका विशिष्ट अतिथी दीपक नेपालले बिगतमा रत्ननगर तेक्वान्दो डोजाङको प्रशिक्षण हल निर्माण अभियानमा आफू माध्यम मात्र बनेको र यसको श्रेय र कृतज्ञता जापानमा रहनुहुने र मेरो अनुरोधलाई बिश्वाशपुर्ण अभियान सम्झिदै २० लाख भन्दा धेरै प्रदान गर्नुहुने जापानमा रहनुहुने सम्पुर्ण दानवीरहरुलाई स्मरण सहित श्रेय हस्तान्तरण गर्न चाहेको अभिब्यक्ती पेश गरेका थिए । विशेष समारोह विच वितरण गरिएको किटब्यागहरु भर्खरै मात्र क्यान्सर रोगको शल्यकृया गरी स्वास्थ्यलाभ लिइरहनुभएको आफ्नी माता टीका कुमारी नेपालको तर्फबाट आफुले हस्तान्तरण गरेको बताए । सोही क्रममा क्यान्सरको कारणले आफ्नो आमाको स्वास्थ्यस्थिती जटिल भएको थाहा पाएपछी तेक्वान्दो डोजाङका मित्र तथा गुरुहरुको सहयोगले आफ्नो आमालाई पुनर्जीवन दिन सहयोग गर्नुभएकोमा सबैलाई धन्यवाद अर्पण गरेका थिए भने आमाको क्यान्सरको जटिल शल्यकृयालाई सफलताका साथ पुनर्जीवन प्रदान गर्नुहुने बिपि मेमोरियल क्यान्सर अस्पताल भरतपुरका वरिष्ठ शल्य चिकित्सक डा. विनय ठाकुरलाई हृदय देखि धन्यवाद दिएका थिए ।

किटब्याग हस्तान्तरणको क्रममा भरतपुर तेक्वान्दो डोजाङका प्रमुख राम थापा, हिमालयन तेक्वान्दो डोजाङका प्रमुख जयदेव पौडेल, प्रेमबस्ती डोजाङका सोनम नेपाली, अमरज्योती डोजाङका प्रवेश पन्डित, पार्वतिपुर डोजाङका सुदर्शन श्रेष्ठ, दिब्यनगर डोजाङका नगेन्द्र मगर, जगतपुर डोजाङका सोमनाथ दराई, राइनो डोजाङका बिश्वराज खाती, प्रेरणा डोजाङका विशाल कवर योगी, महानगर डोजाङका सुनिल सिं ठकुरी, नारायणी डोजाङका कमल भट्टराई, मनशिक्षा डोजाङका निराजन श्रेष्ठ र न्यु नारायणी डोजाङका प्रमुख सत्यदेव श्रेष्ठलाई आआफ्नो डोजाङका प्रशिक्षार्थीहरुको प्रशिक्षण प्रयोगार्थ किटब्यागहरु दीपक नेपालले प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !