चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत चयन हुनुभएको छ । हिजोदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले पनि उहाँलाई समर्थन गरेपछि खनाल स्वतह निर्वाचित हुनु भएको हो ।

हिजो शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज शनिवार दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठविच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई छोड्नु भएको छ ।

पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत,कैलाश कोइरालाले ४१२ मत र डा. सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए । खसेको मतमध्ये १०१ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस !