चितवन । प्रेस चौतारी नेपाल चितवन शाखा बागमती प्रदेशमा उत्कृष्ट शाखामा रुपमा सम्मानित भएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा चितवनले उत्कृष्ट शखाको सम्मान प्राप्त गरेको छ ।

चितवनलाई उत्कृष्ट शाखा बनाउने जिल्ला अध्यक्ष सुवास पण्डितलाई शनिबार सम्मान पत्रले सम्मान गरिएको हो । अध्यक्ष पण्डितलाई नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सम्मान पत्र प्रदान गरेका हुन् ।

प्रेस चौतारी नेपाल २०७७ फागुन २९ गते पुनः स्थापना भएपछि गठन गरिएका जिल्ला शाखामध्ये बागमती प्रदेशअन्तर्गत चितवन जिल्ला शाखाले संगठनलाई क्रियाशिल बनाउने र सिर्जनात्मक गतिविधि नियमित गर्ने काममा उत्कृष्टता देखाएको छ ।

त्यस्तै, एमालेको नवौँ राष्ट्रिय महाधिवेशन सफल बनाउन चितवन शाखाले सक्रिय ढंगले कार्य सम्पादन गरेको भन्दै बागमती प्रदेश भित्र उत्कृष्ट शाखा घोषणा गरिएको सम्मानपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !