काठमाडौं ।  ५० वर्षअघि आजकै दिन पञ्चायती शासकबाट हत्या गरिएका आफ्ना पाँचजना सहयोद्धा कमरेडहरुको स्मृतिमा श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजा झापाको सुखानी पुग्नुभएको छ ।

२०२८ सालमा शुरु भएको झापाली कम्युनिस्ट क्रान्तिका चार योद्धा नेत्र घिमिरे,रामनाथ दाहाल,वीरेन राजवंशी र कृष्ण कुँइकेललाई जेल सार्ने वहानामा २०२९ साल फागुन २१ गतेका दिन इलामा र झापाको सीमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।केपी ओली,सीपी मैनालीहरुसँगै उहाँहरु पनि झापा क्रान्तिमा होमिनुभएको थियो । त्यसबेला अध्यक्ष केपी ओलीलाई रौतहटमा पक्राउ गरी गोलघरमा १४ वर्ष यातनाका साथ जेलमा राखिएको थियो ।

सुखानीमा जंगलमा मारिएका कम्युनिस्ट क्रान्तिकारीहरुको स्मृतिमा नेकपा एमालेले हरेक वर्ष सुखानी दिवस मनाउने गरेको छ । सुखानीमा एमालेले पाँच शहीदको शालिक स्थापना गरेर पार्क बनाएको छ भने केपी ओली नेतृत्वको सरकारले २०७२ साल फागुन १९ गते सुखानीमा मारिएका योद्धालाई शहीद घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !