चितवन । नेपाली काँग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुने भएको छ । शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज (शनिवार) दोस्रो चरणको मतदान हुने भएको हो । पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठविच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको मतदान शनिवार १२ः३० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका छन् । यस्तै मिलनबाबु श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत,कैलाश कोइरालाले ४१२ मत र डा.सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका छन् । १०१ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस !